४ कार्तिक २०८३, बुधबार

बस दुर्घटनामा १७ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १८ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय प्रहरी विराटनगरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१ख ५७२८ नम्बरको बस आज बिहान कञ्चनपुरमा अनियन्त्रित भई सडकको बायाँ किनारमा पल्टिएको हो ।

गम्भीर घाइते भएका नौ जनालाई उपचारार्थ न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्यको सप्तरीकै अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । बस चालक फरार छन् ।