१ कार्तिक २०८३, शनिबार

गोरखा अस्पतालको शौचालयमा शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

गोरखा, १८ असोज । गत बुधबारदेखि सम्पर्कविहीन रहेका गोरखा सदरमुकामको अस्पतालमार्गस्थित मनास्लु बचत तथा ऋण सहकारी संस्थाका एम्बुलेन्स चालक सुविराज गुरुङ शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार गोरखा अस्पतालको शौचालयमा गुरुङको शव भेटिएको हो । गोरखाको ताप्ले–८ घर भएका ६१ वर्षीय गुरुङ गत फूलपातीको दिनदेखि परिवारको सम्पर्कमा नभएको परिवारले जनाएको छ ।

गोरखा अस्पताल नजिकै रहेको सैलुनका एक व्यक्ति पानी लिन शौचालयको बाटो हुँदै जाँदा शौचालयभित्रबाट गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो ।

गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाका अनुसार अस्पतालको शौचालय फुटाएर हेर्दा शव फेला परेको हो । शौचालयको प्यानमा दुवै घुँडा टेकेको र प्यानभित्र घोप्टो परेको अवस्थामा गुरुङको शव भेटिएको प्रनाउ थापाले जनाउनुभयो । शवलाई गोरखा जिल्ला अस्पतालमा परीक्षणका लागि राखिएको छ ।