दमक, १७ असोज । नेपाल बार एसोसियसनका उपाध्यक्ष टीकाराम भट्टराईले आगामी माघ ८ गतेभित्र देशले नयाँ संविधान नपाउने दाबी गर्नुभएकोे छ ।
निर्वाचनका बेला जनतामा एक वर्षभित्र संविधान जारी गर्ने साझा प्रतिवद्धता गरिए पनि त्यसअनुरूप प्रभावकारी काम नभएकाले अब माघ ८ मा नै संविधान बन्ने सम्भावना क्षीण भइसकेको उहाँले बताउनुभयो ।
उपाध्यक्ष भट्टराईले शुक्रबार सञ्चारकर्मीसँगको भेटमा अहिलेसम्मका कामको आधारलाई मूल्याङ्कन गर्दा समयमै संविधान बन्न सक्ने अवस्था समाप्त भइसकेको बताउनुभएको हो ।
उहाँले संविधानका मुख्य अन्तरवस्तुमा सहमति जुट्न नसकेकाले समेत संविधान समयमै बन्ला भन्ने आशा मर्दै गएको बताउँदै दलका नेताहरूको संविधान र सङ्घीयताका विषयमा आइरहेका अभिव्यक्तिलाई हेर्दा पनि समयमा संविधान आउन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँको भनाई थियो– ‘अब कुनै चमत्कार सहमति बन्न सक्यो भने मात्र समयमै संविधान बन्छ ।’
















प्रतिक्रिया