४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति डा यादवबाट टीका जमरा ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????????

काठमाडौँ, १७ असोज । विजयादशमी २०७१ को उपलक्ष्यमा राष्ट्रपति डा रामवरण यादवले आज बिहान १०ः१५ मिनेटको शुभ साइतमा टीका, प्रसाद र जमरा ग्रहण गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति यादवलाई पं. शङ्करप्रसाद सिग्देलले टीका र जमरा प्रदान गर्नुभएको थियो ।

????????????????????????????????????

यसैबीच, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डा यादवको हातबाट आज टीका र जमरा लगाउनुभयो ।

राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन मन्त्रीगण, संविधानसभाका सदस्य, उद्योगी, व्यापारी, कलाकार, कानुन व्यावसायी, पत्रकार, बुद्धिजीवी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिलगायत सर्वसाधारण शीतल निवास पुग्नुभएको थियो । रासस