१४ कार्तिक २०८३, शनिबार

सुपुर्दगी सन्धि गर्न नेपाललाई भारतको दवाव

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानूनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् ।

नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भएको थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

यसबीचमा यो विषयमा मौन रहेको भारतले तीन वर्षपछि पुनः प्रस्ताव गरेको हो । ‘सुपुर्दगी सन्धि र आपसी कानुनी सहायतासम्बन्धी सन्धिलाई स्पिड अप गर्न पाए हुन्थ्यो भन्नेमा गृहमन्त्रीको जोड थियो’, परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘कानुनी प्रावधान हेरेर यसबारे थप छलफल गरौँ भन्ने कुरा हामीले राख्यौँ ।’

भारतीय गृहमन्त्री राजनाथ सिंहले दुई देशबीच सम्बन्धको बृहत् आयाम रहेको भन्दै सानातिना कुरामा अल्झिनु नहुने राष्ट्रपति विद्यादेवी भण्डारीसँग बताएका थिए ।