१४ कार्तिक २०८३, शनिबार

निर्वाचनमा सेना खटाउने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन ।

समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय गरेको छैन ।

बजेटसमेत विनियोजन भएको छैन । सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त्यसबारे निर्णय भइनसकेको रक्षा मन्त्रालयका प्रवक्ता उत्तमकुमार नागिलाले बताए ।

निर्वाचनमा सेना खटाउने प्रस्ताव रक्षा मन्त्रालयले तीन साताअघि नै मन्त्रिपरिषद्मा लगेको थियो । तर, प्रस्ताव मन्त्रिपरिषद्मा नै रोकिएर बसेको छ ।