१४ कार्तिक २०८३, शनिबार

गुन्डानाइके दावा लामालाई कसले हानेको थियो गोली ? के भन्छ प्रहरी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दावा लामा

काठमाडौं, ६ चैत । गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको भन्ने अझै खुल्न सकेको छैन ।

घटना लगत्तै लोप्साङ राइको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो । उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफू हङकङमा रहेको दाबी गरेका थिए । प्रहरीले यो रहस्याको गुत्थी खुलाउन सकेको छैन । नागरिक दैनिकले समाचार छापेको छ ।

घटनास्थलको दृश्य र गोली हान्नेको शारीरिक पोजिसनका आधारमा हतियार चलाउन अनुभवी व्यक्ति घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

स्रोतका अनुसार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत लामाले सुरूमा आफूलाई प्रहरीले नै गोली हानेको दाबी गरे पनि पछि बयान बदल्दै राम गिरी र राजाराम श्रेष्ठको नाम लिएका छन् ।

रेष्टुरेन्ट व्यवसायी गिरीसँग झगडा हँदा उनी एक महिनाअघि छुटेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।