२ कार्तिक २०८३, सोमबार

टर्कीमा बाह्र यात्रुसहित प्रहरी हेलिकोप्टर दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ । विमानमा एक न्यायधिस सहित प्राय सव प्रहरी अधिकारी सवार थिए ।

एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मङ¬्गलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको उक्त कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् ।

टर्कीको विपद् तथा सङ्कट व्यवस्थापन प्राधीकरणले उद्धारका लागि विभिन्न समूहलाई घटनास्थलसम्म पठाएको बताए पनि समाचार तयार गर्दासम्म उनीहरु हेलिकोप्टर दुर्घटनास्थलमा नपुगेको जानकारी प्राप्त भएको छैन । रासस÷सिन्ह्वा