१ कार्तिक २०८३, शनिबार

बेडमै बित्ने भयो पूर्वराजा शाहको दशैं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendra

काठमाडौ, १७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको यसबर्ष दशैं खल्लो भएको छ । अघिल्ला बर्षहरुमा विभिन्न शक्तिपीठहरुमा दर्शन गर्न जाने र सर्वसाधारणलाई टीका जमरा लगाइदिने पूर्वराजा शाहको यसबर्षको दशैं बेडमै आराम गरेर बितिरहेको छ ।

केही दिन अघि हृदयाघात भएपछि स्वास्थ्य लाभ गरिहेका पूर्वराजा शाहले यसबर्ष शक्तिपीठमा पूजाअर्चना र समर्थकलाई टीका नलगाउने कार्य पनि स्थगित गरेका छन् ।

राजागद्दी छाडेपछि पनि बडादशैंमा विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्दै आएका थिए । स्वास्थ्य अवस्था कमजोर भएकै कारण विजयादशमीका दिन महाराजगन्जस्थित निजी निवास निर्मल निवासमा आफ्ना समर्थकहरुलाई टीका जमरा लगाउने कार्य रोकिएको हो ।

पूर्व राजाका सहयोगी फणि पाठकका अनुसार, चिकित्सकहरुले शाहलाई केही हप्ता आराम गर्न सुझाव दिएका छन् ।