मुम्बई । बलिउड नायिका नगरिस फाखरीले २०११ मा प्रदशित फिल्म ‘रकस्टार’बाट आफ्नो करिअर शुरु गरेकी हुन् । जसमा रणवीर कपुर उनको हीरो थिए ।
वर्ष २०१६ मा उनी तीन फिल्ममा मुख्य भूमिकामा देखिइन् । जसमा इमरान हासमीका साथ अजहर, अभिषेक बच्चनका साथ हाउसफुल–३ र रितेश देशमुखका साथ ‘बैन्जो’मा अभिनय गरेकी थिइन् ।
नरगिसले फिल्म ‘ढिसुम’मा केमियो गरेकी थिइन् । उनले एकैवर्ष एकैपटक यति धेरै फिल्म पहिलो पटक पाएकी थिइन् । तर, उनी यसलाई थकाइ लगाइदिने काम मानिरहेकी छिन् ।
नरगिसले भनेकी छिन्, ‘अघिल्लो वर्ष मैले ४ वटा फिल्ममा काम गरेकी थिएँ । जुन थकाइ लगाउनेवाला थियो । अब म यस्तो कहिल्यै पनि गर्दिनँ । अब म ढिलो चल्छु । वर्षमा एकमात्र फिल्म गर्नु राम्रो हुनेछ ।’
नरगिसलाई अभिनयबाहेक अरू काममा पनि रुचि छ । त्यस कारण पनि उनी फिल्मी रफ्तार कम गर्न चाहन्छिन् । उनले भनेकी छिन्, ‘म अलि फरक खालको छु । मलाई कुकिङ, रुख–बिरुवा र घुम्न मन पर्छ । म जिन्दगी जिउन सिनेमाको अलावा दोस्रो चिज पनि गर्न चाहन्छु । म टेलिभिजनमार्फत् पब्लिक पर्सनालिटी बन्न चाहन्छु अथवा अन्य केही गर्न चाहन्छु ।’ – एजेन्सी























प्रतिक्रिया