१ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा सात घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ असोज । सप्तरी जिल्लाको बेग्लाबेग्लै तीन स्थानमा सवारी दुर्घटनामा परी बिहीबार राति सात जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका– ८ पूर्वपश्चिम राजमार्गमा बा११प ६०२८ नम्बरको मोटरसाइकल र साइकल ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका– ६ वस्ने ४५ वर्षीय शेखर वाग्ले र साइकलमा सवार वर्ष ३५ को दिनेश खत्री गम्भीर घाइते भएका छन् ।

घाइते दुवैलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ ।

त्यस्तै, सप्तरीकै मधुपट्टी–९ पूर्वपश्चिम राजमार्गमा स३प ८३०३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मधुपट्टी–३ बस्ने वर्ष ३५ को लक्ष्मण राम गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

यसैगरी, भारदह–१ स्थित कोसी ब्यारेज पुलमा पूर्वबाट पश्चिम जाँदै गरेको स१त १४२७ नम्बरको ट्याक्टरलाई को१च ४७५२ नम्बरको टाटा सुमोले ठक्कर दिँदा ट्याक्टरमा सवार चार जना घाइते भएका छन् ।

घाइते चारैजनाको विराटनगरमा उपचार भइरहेको छ । टाटा सुमोसहित फरार चालकको इलाका प्रहरी कार्यालय भारदहबाट खोजी भइरहेको छ ।