१४ कार्तिक २०८३, शनिबार

बिहे अगाडि यौनसम्बन्धबाट शिशु जन्मिए अब स्वतः विवाह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ५ वैशाख । महिलासँग सहमतिमा शारीरिकसम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ ।

मुलुकी ऐनको नयाँ व्यवस्थालेयसको समाधान गर्ने प्रावधान राखेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ ।

समितिको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ । अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ । संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ ।