१४ कार्तिक २०८३, शनिबार

डीआइजी जयबहादुर चन्द जिम्मेवारीविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् ।

सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी)को प्रमुख थिए ।

आइजी नियुक्त भएलगत्तै उनले एनसीबीको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए ।

सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेडक्वाटरमै हाजिर गरिरहेका थिए ।

आइजीपी नियुक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि चन्दसहित नवराज सिलवालको मात्र सरुवा भएन ।

अन्य डीआइजीलाई विभिन्न विभागमा निमित्तको जिम्मेवारी दिइएको छ । सिलवालले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मै प्रमुख भएर काम गरिरहेका छन् ।