कैलाली, १७ असोज । अत्तरियामा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ ५ बजेतिर भीमदत्तनगरबाट अत्तरिया आउँदै गरेको ना४ख ७९७९ नको बस र अत्तरियाबाट त्यता जाँदै गरेको से३प ६४३६ नंको मोटरसाइकल ठोकिँदा अत्तरिया नगरपालिका—२ खमौरा बस्ने वीरबहादुर रावलको घटनास्थलमै र उज्जले टमटाको सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटनाका गम्भीर घाइते गोविन्द ताम्राकारको कैलालीमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको सो कार्यालयले जनाएको छ । अहिले बस र बसचालक मालाखेती प्रहरीको नियन्त्रणमा छ ।















प्रतिक्रिया