२ कार्तिक २०८३, सोमबार

नायिका रेखा थापा काठमाडौंको उपमेयरमा लड्ने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । चर्चित नायिका एवं सत्तारूढ दल राप्रपाकी केन्द्रीय सदस्य रेखा थापा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार हुने भएकी छन् । राप्रपाले उनलाई उपमेयरमा सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपपेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।

थापा राप्रपाको महाधिवेशन अगाडि माओबादी केन्द्र परित्याग गर्दै राप्रपा प्रवेश भएकी हुन् । अहिले मेयरको तयारीमा रहेका श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बनेका थिए ।