१४ कार्तिक २०८३, शनिबार

राम्रो काम गरेका गगन थापालाई आफ्नै पिएले…

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । स्वास्थ्यमन्त्री गगनकुमार थापालाई मिडियाले कागजी घोडा बनाएर दौडाउने क्रम जारी नै छ । उनको बढाइचढाइ प्रचार जनस्तरमा मात्र होइन, निजी सचिवालयका कर्मचारीले समेत नरुचाएको खुलासा भएको छ ।

मन्त्रीको सचिवालयमा कार्यरत स्वकीय र सरकारी कर्मचारीले उनलाई सफल बनाउने काम आफूहरूले गरेको तर प्रचार गगनको मात्र भएपछि एक स्वास्थ्यपत्रिका र अनलाइनमा पिएहरूको पनि भूमिका रहेको समाचार लेख्न लगाएका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

‘गगनको गति बढाउने यस्तो युवा इञ्जिन’ शीर्षकमा पिएहरू समेत एक से एक क्षमता भएका कारण मन्त्री सफल भएको समाचार प्रकाशित गरिएको छ । मन्त्री थापा आफ्ना कारणभन्दा पनि पिएका कारण सफल भएको आभाष समाचारमा दिन खोजिएको छ ।

पत्रकारले पिएहरूमार्फत प्रोजेक्ट हातपार्नका लागि गगनका पिएहरूलाई हीरो बनाने गरी प्रचार गरिएको छ । पिएहरूलाई हीरो बनाउने क्रममा गगनलाई इमान्दारीपूर्वक सहोग गर्ने शैलेश सिटौलालाई मिनिमाइज गरिएको छ ।

सबैभन्दा बढी चाकरी कानून विपरीत गगनको सल्लाहकार बसेका यादव पद्योतिको गरिएको छ । मन्त्री थापाले निजामती सेवा ऐनविपरित कृषि मन्त्रालयबाट २०७३ मा उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत पद्योति निजामती सेवा ऐन विपरित स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेका छन् ।

उनी गगन थापाका स्वास्थ्यमात्र होइन, अर्थ मन्त्रालयमा डिलिङगर्ने प्रमुख पात्र हुन् । यादव यतिखेर गगनलाई स्वास्थ्य मन्त्रालयमा बजेटिङ, सुशासन, सरकारी नीति कार्यान्वयन र कार्यक्रम निर्माणमा सघाइरहेका छन् ।

पद्योतिको दरबन्दी सोलुखुम्बु कृषि कार्यालयमा छ । सोलुखुम्बु कृषि कार्यालयका योजना अधिकृत उनी विदा समेत निलई स्वास्थ्य मन्त्रीको सल्लाहकारको रुपमा काम गर्दै आएको छन् ।