१ कार्तिक २०८३, आइतबार

निर्वाचन विथोल्न गठबन्धनले आन्दोलन घोषणा गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले निर्वाचन विथोल्न आज चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

काठमाडौंको अनामनगरमा बिहान ११ बजे पत्रकार सम्मेलन गरेर गठबन्धनका नेताहरूले संघर्षका कार्यक्रम घोषणा गर्न लागेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । उनका अनुसार गठबन्धनका घेराउ, प्रदर्शन, बन्द, आमहड्ताल लगायतका कार्यक्रम रहने छन् ।

पत्रकार सम्मेलन गर्नुअघि गठबन्धनका केही दलका शीर्ष नेताहरूको बैठक बस्नेछ । सोही बैठकले आन्दोलनको कार्यक्रमको सूची तयार पार्नेछ ।

यसअघि शनिबार बसेको गठबन्धनको बैठकले निर्वाचन विथोल्न विभिन्न कार्यक्रमको स्वरुप तयार पारेको थियो । संविधान संशोधन विनानै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै गठबन्धनले आन्दोलन गर्न लागेको हो ।