२ कार्तिक २०८३, सोमबार

निर्जला, आरुसी र दृश्यालाई उपाधि

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाँचौ ‘जुनियर ब्याटर–२०१७’ शुक्रबार छानिएका छन् । उमेर समूहअनुसार ‘जुनियर ब्याटर एन्जलस्’ (कक्षा १ र २), ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ (कक्षा २ र ४) र ‘जुनियर ब्याटर किङ एण्ड क्विन’ (कक्षा ५ देखि ८ सम्म) गरी तीन क्याटवरीमा आयोजना गरिएको प्रतियोगितामा तीन शीर्ष बिजेता छानिएका हुन् ।

कार्यक्रममा ‘जुनियर ब्याटर एन्जलस्’को शीर्ष उपाधि नाइटेङ्गल स्कुलकी निर्जला खड्काले चुम्दा फष्ट रनरअपको उपाधि नाइटेङ्गलकै आरुसी कँडेल र सेकेन्ड रनरअपको उपाधि रेडियन्स रिडर स्कुलका दृश्या लामिछानेले हात पारे ।

त्यस्तै ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’को उपाधि भने सेन्टजेभिएर्स स्कुलका मोहित महर्जनले उठाए । लिलिट एन्जलस स्कुलकी जानवी भण्डारी र जनडुवे स्कुलका बिषेशता बुढाथोकीले यही शीर्षकको क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि हात पारे ।

कार्यक्रममा ‘जुनियर ब्याटर किङ एण्ड क्विन’को उपाधि भने नाइटेङ्गल स्कुलकी रीमा खनालले जितिन् । इन्द्र धनुस स्कुलकी एलिशा आचार्य र लिटिल एन्जलस स्कुलकी अनामीका कार्की यही उपाधि अन्तर्गत क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नयाँ वर्षको भब्य कार्यक्रमसहित आयोजित प्रतियोगितामा फेसन डिजाइनर उत्तम बनेपाली, नेपाल प्रहरीका डिएसपी सविन प्रधान, सौन्दर्यकर्मी सीता पाठक, कोरियोग्राफर प्रशान्त तामाङ, अभिनेत्री सुमिना श्रेष्ठ, संगीतकार अनिल शाही, अभिनेत्री वर्षा राउत, शिक्षाविद् रन्ञ्जन प्रधान, अधिवक्ता बिश्वास अचार्य लगायत निर्णायक रहेका थिए ।

गायिका समेत रहेकी प्रशंसा श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगिता निष्पक्ष बिजेता छानिने बालबालिकाको सौन्दर्य प्रतियोगितामध्य सबैभन्दा प्रतिस्ठित मानिएको छ ।

बौद्धिक मावलामा केही कमजोर देखिएका बालबालिकामा पनि अन्य ठूला ठूला ट्यालेन्ट लुकेको हुन्छ । ती प्रतिभालाई बाहिर ल्याउनु पर्छ भन्ने मनसायले जुनियर ब्याटल आयोजना गर्दै आएको आयोजक मिडिया ल्याण्डकी सिइयो प्रतिमा श्रेष्ठले बताइन् ।