काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसको दुई नम्बर प्रदेशका सांसद, केन्द्रीय सदस्य एवम् जिल्ला सभापतिहरूले स्थानीय तहको निर्वाचनको तयारी र मधेसी मोर्चाका मागका विषयमा आन्तरिक परामर्श गर्दै छन् ।
सिंहदरबारमा आज हुने छलफलमा मधेसी मोर्चाको संविधान संशोधनको मागलाई तत्काल पूरा गरेर स्थानीय तहको निर्वाचनमा जाने विषयमा परामर्श हुनेछ ।
मोर्चालाई बाहिर राखेर निर्वाचनमा जाँदा त्यसले मुलुकलाई दीर्घकालीन असर पुग्ने कांग्रेसका दुई नम्बर प्रदेशका नेताहरूले भेला बोलाएका हुन् ।
कांग्रेसले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने विषयमा आफू लचक रहेको जनाउँदै आएको छ । उसले मधेसी जनताको पक्षमा आफू रहेको दाबी गर्दै आएको छ ।
स्थानीय तहको निर्वाचनको तयारी तीव्र बनाएको कांग्रेसले उम्मेदवार कसरी चयन गर्ने विषयमा पनि छलफल हुन सक्ने स्रोतले जनाएको छ ।















प्रतिक्रिया