काठमाडौं, २ वैशाख । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएका छन् ।
नयाँ वर्षको अवसरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो ।
पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनीषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्षु नामक एप्स सार्वजनिक गरेको छ ।
सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए ।












प्रतिक्रिया