१ कार्तिक २०८३, आइतबार

काठमाडौंको मेयरमा साझा पार्टीबाट पूर्वसचिव थापाद्वारा उम्मेदवारी दिने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ बैशाख । पूर्वसचिव तथा साझा पार्टीका नेता किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

साझा दर्ता नभएकाले उनी पार्टी भन्दा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने छन् । दल दर्ता नभई स्थानीय तहको चुनावमा दलगत रुपमा भाग लिन नपाइने नियम छ । केही दिनमा विकास कार्ययोजना र उपमेयरको टुंगो लगाउने साझा पार्टीले जनाएको छ ।

थापाले यसअघि शहरी विकास, शिक्षा, पर्यटन लगायतका मन्त्रालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् । शहरी योजनामा स्नातकोत्तर गरेका छन् र आवास नीतिका विज्ञ हुन् ।