
रौतहट, १ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय जनसरकार ब्यूताउन सुरु गरेको छ ।
स्थानीय तहको निर्वाचन बिथोल्न विभिन्न कार्यक्रम सुरु गरेको नेकपाले समानान्तर सरकार चलाउन थालेपछि स्थानीय प्रशासनलाई टाउको दुःखाइ भएको छ । जनयुद्धका बेला माओवादीले स्थापना गरेको जनसरकारलाई ‘विप्लव’ नेतृत्वको नेकपाले पुनः स्थापना गर्न लागेको हो ।
नेकपाले रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकामा स्थानीय जनसरकारको चुनाव गरेर नयाँ नेतृत्व ल्याएको छ । चन्द्रनिगाहपुर नगरपालिकाको प्रमुखमा पाल्तेन लो र उप्रमुखमा मीना ठोकरलाई चयन गरिएको छ ।
नेकपाका नेता दुर्गा गेलका अनुसार सरकारले स्थानीय तहको निर्वाचन गर्न लागेकाले त्यसको विरोधमा आफूहरूले पनि जनसरकारको निर्वाचन गरेको बताए ।
चन्द्रनिगाहपुर नगरपालिकामा नेकपाले ३३ सदस्यीय जनसरकार गठन गरेको स्थानीय नेताहरूले बताएका छन् । बिहीबार भब्य कार्यक्रम गरेर जनसरकार बनाइएको थियो ।
यसअघि, नेकपाले जनस्वयं सेवक पनि गठन गरेको थियो । जनस्वयं सेवकले स्थानीय तहको निर्वाचन बिथोल्नुका साथै पार्टीले तोकेको काम सम्पादन गर्नेछ ।











प्रतिक्रिया