काठमाडौँ, १६ असोज । महाअष्टमीको अवसरमा राष्ट्रपति डा रामवरण यादव बिहीबार बिहान उपत्यकाभित्र रहेका विभिन्न शक्तिपीठहरुमा गई शक्ति स्वरुपा देवी दुर्गाको पूजाआराधना तथा दर्शन गर्नु भएको छ ।
राष्ट्रपति डा यादवले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, सङ्कटा, शोभा भगवतीलगायतका शक्तिस्वरुपा देवीको दर्शन गर्नुभएको थियो । राजधानीका शक्तिपीठहरुमा पूजाआजा गर्नका लागि बिहानैदेखि दर्शनार्थीहरुको ठूलो भीड लागिरहेको छ ।


















प्रतिक्रिया