काठमाडौं । दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म ‘छक्कापञ्जा’ को सिक्वेल ‘छक्कापञ्जा २’ नबन्दै एक करोडमा विक्री भएको निर्माण पक्षले दाबी गरेको छ ।
निर्देशक निरौलाले हाइलाइट्स नेपालले विदेश रिलिज र डिजिटल राइटका लागि एक करोडमा खरिद गरेको बताइन् । ‘छक्कापञ्जा’ २०७३ सालको सुपरहिट फिल्म हो । फिल्मको कपिराइटका कारण एक युवकले आत्महत्या गर्न बाध्य भएका थिए ।
‘छक्कापञ्जा’ले राम्रो कमाइ गरेको थियो । सिक्वेलले पनि निर्माण नहुँदै एक करोड पाएपछि निर्माण पक्ष खुसी भएको छ ।
विकास आचार्य र सामीप्यराज तिमल्सिनाको कथामा बन्ने फिल्मलाई ‘छक्कापञ्जा’को टिमले निर्माण गर्नेछ ।
सिक्वेललाई पनि दीपाश्री निरौलाले निर्देशन गर्ने छिन् । फिल्मको पटकथा दीपकराज गिरीले लेख्नेछन् । संवाद लेखनमा गिरीसहित जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’ र अभिमन्यु निरवी रहने छन् ।
‘छक्कापञ्जा’को सिक्वेलमा केही नयाँ कलाकारहरू भित्रदै छन् । निर्माण पक्षमा पनि नयाँ टिम आउँदै छ । नयाँ कलाकार र टिमले ‘छक्कापञ्जा’को सिक्वेललाई कस्तो बनाउने हो समयले बताउनेछ ।















प्रतिक्रिया