
सिराहा, ३१ चैत । जिल्ला अदालत सिराहाले स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई १० हजार धरौटीमा रिहा गरिएको छ ।
राउतविरुद्ध राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो । राउतविरुद्ध रुपन्देहीमा पनि मुद्दा भएकाले धरौटी बुझाउनसाथ रिहा गर्ने सम्भावना भने छैन । राउत सिरहा जिल्ला अदालतले माग गरेको धरौटी बुझाएर रिहा भएपछि पुनः पक्राउ गरी रुपन्देही पठाउने तयारी भईरहेको जनाइएको छ ।
राउत विरुद्ध गत फागुन ५ गते नै रुपन्देहीमा राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दर्ता भएको जनाइएको छ ।











प्रतिक्रिया