
काठमाडौं, ३१ चैत । पूर्वराज ज्ञोनेन्द्र शाहले नववर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै देशप्रति चिन्त व्यक्त गरेका छन् । शुभकामना सन्देश सार्वजनिक गर्दै उनले दलहरुले २०६३ सालमा जनचाहानाअनुसार दलहरुसंग भएको सहमति विरुद्ध अहिले निर्णय हुँदै गइरहेको बताए ।
संसद पुनस्थापनापछि पनि पूर्व सहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि मौनतापूर्वक साथ दिएको भन्दै उनले दलहरुबाट प्रचलित मूल्यमान्यता र मर्म प्रतिकुल व्यवहार प्रकट भएको बताए । उनले यसअवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति असन्तुलन बताएका छन् ।
जनताको चाहना वमोजिम शान्ति, स्थिरता र सम्वृृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनूभुति जनताले गर्नू परिरहेको छ, शन्देशमा उल्लेख गरेका छन् ।
दलहरुप्रति जनतामा अविश्वास, अनेकता र आशंका उत्पन्न हूने स्थिति पैदा भएको बताउदै उनले देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको उल्लेख गरेका छन् ।
उनले सनातन धर्म र निष्ठामा आधारित जीवन मृुल्यलाई क्षतविक्षत तूल्याउन भएका दृश्य अदृश्य चालवाजीका कारण सामाजिक जीवन आकूल व्याकूल बन्न पूगेको बताएका छन् ।
भूकम्प पीडितको चिन्ता
शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले महाभुकम्प र बाढी पहिरोका कारण ३रबास विहीन हुन पुगेका जनतालाई अझै साहाना दिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले राजनीतिक तहमा भएका कैयौं संवाद र सहमति जनसमस्या समाधानमूखी नभएर राजनीति केन्द्रीत हुन पुगेको उनको आरोप छ । जसले गर्दा राजनीतिक क्षेत्रप्रतिको भरोसा न्युन हूँदै गइरहेको उनले बताए ।
यस्तो कार्यले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दी३घकालीन असर पू¥याउने त्रास थपेकोमा चिन्ता प्रकट गरेका छन् । केही दिनअघि मात्रै पूर्व राजा शाहले राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुलाई आफ्नो नातीको प्रबन्धका अवसरमा पार्टी दिएका थिए ।











प्रतिक्रिया