
काठमाडौं, ३१ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफूलाई ठूला दल हुँ भन्नेहरुले चुनाव विघटन गरेर केन्द्रीय संसदको चुनाव गरेर देखाउन चुनौति दिए । उनले नयाँ संविधानअनुसार अहिलेका कुनै पनि दल ठूलो नभएको दावी गरे ।
संविधानअनुसार अहिले कसैले पनि आफूलाई ठूलो दल हुँ भनेर भन्न नपाउने भन्दै उनले त्यसको छिनोफानो केन्द्रीय अबको केन्द्रीय चुनावले गर्ने बताए ।
साथै उनले ठूला दल भन्नेहरुले आगामी माघ ८ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको कामलाई अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।
सोही अवसरमा उनले निर्वाचनको तयारीमा रहेका दलहरुलाई दलीय चुनाव चिह्न नदिएर तीन ठूला दलले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको आरोप समेत लगाएका छन् ।











प्रतिक्रिया