४ कार्तिक २०८३, बुधबार

झापामा दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १६ असोज । झापाको दमकमा पिक अप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारीअनुसार गएराति ११:१५ बजे दमक– ११ हुनमान मन्दिर नजिकै मे१च २११५ नम्बरको महिन्द्र जिपले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

घाइते घिमिरेको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।