७ मंसिर २०८३, सोमबार

हामी चुनावको दिन तास खेलेर बस्छौं : झा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० चैत । मधेशी मोर्चाका नेता अनिल झाले नयाँ संशोधन विधेयकले मोर्चाका मागहरु सम्बोधन नगर्ने भएकोले मोर्चाले प्रस्ताव अस्विकार गर्ने निर्णय गरेको बताएका छन् । आज रिपार्टर्स क्लवको आयोजनामा भएको साक्षातकारमा बोल्दै उनले संविधान संशोधन नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने बताए ।

उनले नयाँ संशोधन प्रस्ताव मोर्चाको सहमतिमा ड्राफ्ट नभएको जिकिर गरे । उनले भने, ‘मोर्चासँग यो प्रस्तावबारे कुनै सहमति भएको छैन, यदि व्यक्तिगत रुपमा कसैसँग भएको हो भने सरकारले यो नेतासँग कुरा भएको थियो भनेर भनिदिनुपर्यो नि ।’

झाले सोहीअवसरमा मोर्चाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘चैत ३१ गते मधेशका सबै जिल्लाहरुको सदरमुकमामा जुलुस प्रर्दशन गर्ने निर्णय भएको छ, त्यस्तै ०७४ बैशाख ३ गते जिल्लास्थित् निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।’ त्यसपछि आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेर जाने निर्णय भएको उनले बताए ।