७ मंसिर २०८३, सोमबार

मोर्चाको निर्णय चुनावमा बार्गेनिङ गर्ने मसला : मन्त्री केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । शहरी विकास मन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई सिधै अस्विकार गर्ने मधेशी मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला भएको आरोप लगाएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मधेशी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको दावी गरे ।

उनले अहिले आएर मोर्चाले अस्विकार गरेर त्यसलाई चुनावी हतियार बनाएर निर्वाचनमा जाने हरियार बनाएको बताए । मन्त्री केसीले व्यक्तिगत रुपमा आफूलेपनि मोर्चाका एक एक नेताहरुसँग संशोधन प्रस्तावबारे कुराकानी गरेको दाबी गरेका छन् ।

त्यस्तै, उनले घोषित मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न समेत आग्रह गरे । यद्धपी उनले दुई चरणमा निर्वाचन गर्ने भन्नेबारेमा भने कुराकानी भैरहेको जानकारी दिएका छन् । मन्त्री केसीले सकेसम्म सबै पक्षलाई निर्वाचनमा सँगै लिएर जानको लागि सरकारले अथक प्रयास गरेको उल्लेख गरे ।