
काठमाडौ, ३० चैत्र । आइजीपी नियुक्त विरुद्ध डीआईजी नवराज सिलवालले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सुनुवाई तोकेको हो । डीआईजी सिलवालले आइजीपी नियुक्ति बदर गर्नुपर्ने भन्दै हिजो सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेको थियो । सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा बढी नम्बर पाएका अर्याललाई आईजीपीमा नियुक्त गरेको बताए पनि डीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकनको नम्बरिङ गर्दा झेल गरेको दाबी गरेका छन् ।
अघिल्लो पटक फागुन १ गते सरकारले महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्दा पनि सिलवाल न्यायका लागि अदालत पुगेका थिए ।
त्यो बेला अदालतले सरकारको निर्णयलाई खारेज गर्दै योग्यलाई आइजीपीमा नियुक्त गर्न परमादेश दिएको थियो ।















प्रतिक्रिया