काठमाडौं, ३० चैत । नेपाली कांग्रेसले चुनावी आमसभाअन्तर्गत पोखरामा आज विशाल आमसभाको तयारी गरेको छ । सभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
पोखराको चिप्लेढुंगामा कांग्रेसले चार नम्बर प्रदेशस्तरीय आमसभाको आयोजना गर्न लागेको हो । आमसभाका लागि विभिन्न जिल्लाबाट उल्लेख्य कार्यकर्ता पोखरा ओराल्ने कांग्रेस नेताहरूले बताएका छन् ।
वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई लिएर कांग्रेसले कैलालीबाट चुनावी आमसभा सुरु गरेको हो ।
कांग्रेसले कैलालीका साथै दाङ र रुपन्देहीमा चुनावी आमसभा गरिसकेको छ ।











प्रतिक्रिया