
काठमाडौं, २९ चैत । मधेशी मोर्चाका शीर्ष नेता लक्ष्मणलाल कर्णले सदनमा दर्ता भएको नयाँ संशोधन विद्येयक हेरेपछि मात्रै मोर्चाले आधिकारिक प्रतिक्रिया दिने स्पष्ट पारेका छन् । उनले सरकारले अहिलेसम्म सरकारले आफ्नो पार्टीसंग विधेयकबारे कुनै जानकारी नै नदिएको बताएका छन् ।
उनले मोर्चाले भनेजस्तै प्रस्ताव आएको भए आफूहरुले त्यसलाई स्वागत गर्ने र सरकारले चाह्यो भने सुपर फाष्ट ट्रयाकमा संशोधन पारित गराउन सक्ने समेत विश्वास दिलाए । उनले भने,‘फाष्ट ट्रयाकमा संविधान जारी गर्नेहरुले संशोधन चाहे भने पाँच दिनमा पारित गर्न सक्छन्, सुपर फाष्ट ट्रयाकमा पारित गराए भैहाल्छ नि ।’
उनले संविधान संशोधन नभईकन मधेशी मोर्चाले चुनावमा भाग नलिने स्पष्ट पारेका छन् । कर्णले ५१.३ प्रतिशत जनसंख्या रहेको मधेशमा किन थोरै संख्या बनाईयो भन्दै प्रश्न समेत गरे । यसले गर्दा बजेटसमेत प्रभावित बनेको उनको गुनासो छ । उनले मधेशका सम्पूर्ण जनता आजको दिनसम्मपनि चुनावको पक्षमा नरहेको जनाए ।
उनले संसारमै स्थानीय तह प्रदेश मातहात हुने व्यवस्था उल्लेख गर्दै गर्दै नेपालमा भने प्रदेश सभा गठन नगरी स्थानीय तहको निर्वाचन गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे । यद्धपी उनले मोर्चा निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।











प्रतिक्रिया