काठमाडौं, २९ चैत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ ।
आज विहान भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी समझदारी र विकासबारे कुराकानी भएको नयाँ शक्तिले जनाएको छ ।
समृद्धि हाम्रै पालामा सम्भव छ नारा लिएर अगाडि बढिरहेका भट्टराईले भारतीय राजदूतसँगको भेटका क्रममा नेपालको विकासमा भारतको सहयोग आवश्यक रहेको भन्दै हालसम्म रहँदै आएको सहयोग र सद्भावप्रति धन्यवाद ज्ञापन गरे ।
भारतीय राजदूत पुरीले भारतले नेपाल समृद्ध हेर्न चाहेको र त्यसका लागि जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता जनाए ।
भेटमा बाबुराम पत्नी एवं नयाँ शक्ति नेपाली विदेश विभाग प्रमुख हिसिला यमी पनि सहभागी थिइन् ।












प्रतिक्रिया