काठमाडौं, २९ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई नियुक्ति गर्ने सरकारको निर्णय बदरको माग गर्दै डीआइजी नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुगेका छन् ।
डिआइजी अर्याललाई आइजीपीमा गरिएको नियुक्तिको बदर र यसअघि सर्वोच्च अदालतले वरिष्ठताका आधारमा नियुक्ति गर्न दिएको आदेशको कार्यान्वयन माग गर्दै सिलवालले मंगलवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादनको फाइल खोलेर डीआईजी अर्याललाई आइजीपी नियुक्त गर्दै राति नै दर्ज्यानी चिन्ह प्रदान गरेको थियो ।
साथै सरकारको निर्णयलाई सिलवालले राज्य नै आफ्नो विरुद्धमा लागेको भन्ने अर्थमा लिएका छन् । र, सक्षम हुँदाहुँदै राजनीतिक प्रतिरोधको सिकार बनेपछि निराश पनि छन् ।












प्रतिक्रिया