
काठमाडौं, २९ चैत । काभ्रेली समूहका गुण्डा नाइके दावा लामालाई काठमाडौंको गौरीघाटमा अपरिचित समूहले गोली प्रहार गरेको छ ।
दीब्यपार्टी प्यालेसको ‘जिम’ क्लवमा मंगलबार बिहान गुन्डा नाइके लामामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । लामामाथि तीन गोली प्रहार भएको थियो । त्यसमध्ये लामाको पेटमा एउटा गोली लागेको प्रत्यक्षदर्शीले बताए ।
जिम क्लवमा जिम गर्न बिहान अन्दाजी ९ बजेतिर पुगेका लामालाई मास्क लगाएका युवाहरूको समूहले गोली प्रहार गरेर फरार भएको थियो ।
घाइते लामालाई उपचारका लागि तत्काल अस्पताल पुगाइएको प्रहरी भनाइ छ । उनको स्वास्थ्य अवस्थाका विषयमा केही बताइएको छैन ।
गुन्डा नाइके दावा लामा नेपाली कांग्रेसका सांसद तीर्थ लामाका खास व्यक्ति हुन् । केही समय अगाडि दरबारमार्गमा युवा व्यवसायी राम गिरीलाई सांघातिक आक्रमण गरेर झण्डै दुई साता प्रहरी हिरासतमा बसेर निस्किएका थिए । लामालाई छुटाउन सांसद लामाले गृहमन्त्री विमलेन्द्र निधिलाई ठूलो दवाव दिएका थिए ।











प्रतिक्रिया