काठमाडौं । लामो गृहकार्यपछि एफडी कम्पनीले फिल्म हलमा चलचित्र प्रदर्शन गर्ने सर्भर ल्याउने भएको छ ।
विशेष गरी नेपाली चलचित्रको शुलभ मूल्यमा प्रदर्शन गर्ने उद्देश्यका साथ सर्भर ल्याउन लागिएको एफडी कम्पनीले जनाएको छ । अहिले
चर्को भिपिसी तिर्नुपर्ने बाध्यता रहेकोमा नयाँ सर्भरबाट नेपाली चलचित्र प्रदर्शन गर्दा न्यून शुल्क तिरे पुग्नेछ ।
यसबाट नेपाली चलचित्र निर्माताहरूलाई फाईदा पुग्ने एफडी कम्पनीको दाबी छ । अबको डेढ महिनाभित्र करिब २० वटा हलमा परीक्षण गरी नयाँ सर्भरको शुरूवात गरिनेछ ।
एफडी कम्पनीले नेपाली फिल्महरू अधिकांश हलहरूमा एक साथ वितरण गर्दै आएका सबैभन्दा ठूलो वितरक कम्पनी हो ।















प्रतिक्रिया