काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको काठमाडौं शाखाभित्र देखिएको विवाद मिलाउन कार्यबाहक अध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी दिइएको छ ।
सोमबार बसेको स्थायी समितिको बैठकले एमाले काठमाडौं जिल्लाभित्र देखिएको केही समस्याहरुका सन्दर्भमा छलफल गर्दै जिम्मेवारहरुसँग आवश्यक राय, परामर्श गरी समस्याको समाधान गर्न कावा अध्यक्ष गौतमसहित पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्य र महासचिव कमरेड ईश्वर पोखरेललाई जिम्मेवारी दिएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
शनिबार अध्यक्ष केपी शर्मा ओली उपचार गराउन थाइल्याण्ड गएसँगै त्यसको भोलिपल्ट आइतबार काठमाडौंमा एमालेको गुटगत भेला आयोजना भएका थिए ।












प्रतिक्रिया