काठमाडौं, २८ चैत । रापती समाज काठमाडौंले वरिष्ठ गायिका चन्द्रकला शाहलाई लाइफ एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
समाजले सोमबार काठमाडौंमा वितरण गरेको पाँचौँ अवार्ड वितरण कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वरिष्ठ गायिका शाहलाई सम्मान नगरेका हुन् । समाजले शाहलाई नगदका साथै मायाको चिनो पनि प्रदान गरेको छ ।
लाइफ उचिभमेन्ट अवार्ड लिने क्रममा वरिष्ठ गायिका शाहका आँखा रसाएका थिए ।
यसैबीच, समाजले प्रत्येक वर्ष जस्तै यस पटक पनि विभिन्न ३२ विधामा अवार्ड वितरण गरेको छ ।
केही प्राविधिक त्रुटि बाहेक रापती समाज अवार्ड सफलताका साथ सम्पन्न भएको अध्यक्ष शशि शर्मा मजगैँयाले बताए ।















प्रतिक्रिया