१ कार्तिक २०८३, शनिबार

नारायणी नदीमा दुई किशोर मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayani-Bridge

रत्ननगर (चितवन), १५ असोज । चितवनस्थित नारायणी नदीमा डुबेर दुई दिनदेखि बेपत्ता भएका दुई किशोरको शव मंगलबार साँझ फेला परेको छ ।

असोज १२ गते पौडी खेल्दै गर्दा नदीमा डुबेर बेपत्ता भएका उनीहरूको शव डुबेकै स्थानमा पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।

उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको गैँडाकोटका प्रहरी जवान खगेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केही मिटरको फरकमा दुवै जनाको शव साँझ फेला पारिएको हो ।

नवलपरासीको गैँडाकोट नगरपालिका–१० बस्ने १९ वर्षीय लेखनाथ पौडेल र सोही ठाउँका १५ वर्षीय विकास विक नदीमा डुबेर बेपत्ता भएका थिए । चारजना सँगै नुहाउन गएकामध्ये दुईजना भने सकुशल फर्किएका भए पनि दुईजना नदीमा डुबेका थिए । रासस