४ कार्तिक २०८३, बुधबार

आङकाजी शेर्पाबाट भद्रकालीमा धर्ना, राष्ट्रपतिलाई कालोझण्डा देखाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aangkaji-sherpa

काठमाडौं, १५ असोज । काठमाडौंको भद्रकालीमा धर्नामा बसेका संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पाले राष्ट्रपति रामबरण यादवलाई कालो झण्डा देखाउने तयारी गरेका छन् ।

धर्म निरपेक्ष राज्य कार्यान्वयनका लागि १५ बुँदे माग अघि सारेर धर्नामा बसेका शेर्पाले राष्ट्रपतिलाई दिउँसो कालोझण्डा देखाउने तयारी गरेका हुन् । राष्ट्रपति यादव आज दिउँसो नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा गर्ने फुलपाती बढाँइ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

गेरु वस्त्रमा भद्रकालीमा धर्नामा बसेका शेर्पाले धर्मनिरपेक्ष घोषणा कार्यान्वयनका लागि आफ्नो नेतृत्वमा ‘धर्मनिरपेक्ष राज्य कार्यान्वयन अभियान’ गठन गरिएको र अभियानकै कार्यक्रमअन्तर्गत धर्ना बसेको जानकारी दिए ।

धर्म निरपेक्ष राज्यमा सबै धर्म संस्कृतिलाई समान व्यवहार गरिनुको साटो राज्यका तर्फबाट हिन्दू धर्मलाई विशेष संरक्षण प्रदान गरिएको उनको आरोप छ ।

आफूहरुले दसैं पर्वको विरोध नगरे पनि हिन्दू धर्माबलम्बीका दसैं र तिहारजस्ता चाडपर्वजस्तै अन्य जाति र समुदायका बुद्धजयन्ती, छठ, ल्होसार जस्ता पर्वलाई पनि समान व्यवहार गर्न उनले माग गरे ।

आफूहरुको माग सम्बोधन नभए कडाभन्दा कडा कदम चालिने चेतावनी दिँदै शेर्पाले नयाँ बन्ने संविधानमा जातीय आधारमा संघीयतामा जानुपर्ने माग गरे ।