२ कार्तिक २०८३, सोमबार

रेश्मा सेट्टीले पनि छाडिन् सलमान खानलाई

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सलमान खानको बिजनेसको खुब चर्चा हुन्छ । किनभने बिजनेसमा उनको ठूलो लगानी छ ।

सलमानको बिजनेस सम्पूर्ण रूपमा सम्हाल्दै आएकी छिन्, रेश्मा सेट्टीले । सेट्टी सलमानको बिजनेस म्यानेजर हुन् ।

उनी ९ वर्षदेखिको जिम्मेवारी त्यागेर सलमानबाट अलग भएकी छिन् । अब सलमानको बिजनेस उनको परिवारले सम्हाल्ने बताइएको छ । विज्ञप्ति जारी गर्दै सलमानले यसबारे जानकारी दिएका हुन् ।

सेट्टी मेट्रिक्स कम्पनीमार्फत सलमानको म्यानेजरका रूपमा काम गर्न आएकी थिइन् । सलमान र मेट्रिक्सबीचको सम्झौता सकिएपछि उनको जिम्मेवारी पनि सकिएको हो ।

सलमानले फिल्मसँगै साइड बिजनेसमा पनि हात हालिरहेका छन् । उनी ई–बाइसाइकल र जिम इक्युप्मेन्ट्सको बिजनेस लन्च गर्ने तयारीमा रहेको बताइएको छ । – एजेन्सी