२ कार्तिक २०८३, सोमबार

इन्दिराको ‘वियोग’मा पार्वतीको फिचरिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्दिरा गुरुङको प्रस्तुतिमा तयार भएको एल्बम ‘वियोग’मा रहेको ‘हे कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पार्वती राई र सुमित गुरुङले फिचरिङ गरेका छन् ।

गीतमा शान्त गजल गुरुङको स्वर, शब्द र संगीत छ । मुनाल फिल्मस्ले बनाएको भिडियोमा क्यामरा र सम्पादन खिमबहादुर गुरुङको छ भने कोरियोग्राफी र निर्देशन लक्ष्मण गुरुङको छ ।

एल्बममा ६ वटा गीत छन् । भिडियो पोखरा आसपासमा छायांकन गरिएको निर्देशक गुरुङले बताए । गुरुङ लामो समयदेखि अमेरिकाको न्यूर्योकमा बस्दै आएका छन् । एल्बमका अन्य गीत यसअघि नै युट्युबमा आइसकेका छन् ।