२ कार्तिक २०८३, सोमबार

क्रिकेट म्याचमा प्रीति जिन्टाले यसरी जितिन् दर्शकको मन (फोटो फिचर)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पञ्जाबले टी–२० लीगको चौथो म्याचमा पुणेलाई ६ विकेटले हराएर आफ्नो टीम मालिक एवं बलिउड अभिनेत्री प्रीति जिन्टालाई खुशी बनाएको छ । अर्कोतर्फ टीमले टुर्नामेन्टको पहिलो जीत दर्ता गरेर फ्यानहरुको मन राखेको छ भने टीम मालिक प्रीति जिटा पनि खुशी भएकी छन् ।

होलकर स्टेडियममा आफ्नो टीमको बलियो प्रदर्शन देखेर खुशी भएकी प्रीतिले म्याचको पहिलो पारी समाप्त भएपछि स्टेडियमको मैदानमा चक्कर लगाएकी थिइन् । प्रीतिले दर्शकको अभिवादन स्वीकार गरिन् भने आफ्नो र टीमका फ्यानहरुको उत्साहालाई जारी राख्न उनले स्ट्याण्ड्सतर्फ आफ्नो टी–शर्टस फालेकी थिइन् ।

टी–शर्ट पक्रनका लागि दर्शकबीच तछाडमछाड भएको थियो । सेतो ड्रेसमा मुस्कुराउँदै मैदानमा उत्रेकी प्रीतिका केही फोटोहरु क्यामरामा कैद भएका छन् ।