पर्वत, २७ चैत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय तहको निर्वाचनमा काँग्रेसले देशैभरि वहुमत ल्याउने वताएका छन् । उनले काँग्रेसले जित्ने थुप्रै आधारहरु रहेको दावी गरे ।
शनिवार बागलुङको जैमुनी नगरपालिकाका दुई कार्यक्रममको प्रमुख अतिथीको रुपमा वोल्दै जोशीले मुलुकमा प्रजातन्त्र स्थापना गर्न, लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न, संविधान वनाउन र जारी गर्न काँग्रेसले नेतृत्व गरेको वताए । ‘अहिले संविधान कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि हामी पुरा गर्छौैँ जोशीले भने, ‘संविधान कार्यान्यवन पछि हामी विकासमा लम्कनु छ, ।
अहिले मुलुकलाई विखण्डनवाट जोगाउनुपर्ने जनाउँदै जोशीले एमाले र मधेशवादी दलहरु अहिले देशलाई विखण्डन गर्न उद्दत रहेको आरोप लगाए । उनले भने– ‘एमालेले मधेशी जनतालाई नेपाली नागरिक नै हैनन भन्ने अनि मधेशी दल दिनानुदिन नयाँ नयाँ माग थप्दै जाने कतै एमाले र मधेशी दल एकै ठाउँमा उभिएका त छैैनन ? उनले एमालेको अराजक शैली र मधेशी दलको खोँचे थाप्ने मानसिकताले देश विखण्डनतर्फ उन्मुख भएको संकेत गरे । ‘मुलुक जोगाउने पार्टी त काँग्रेस नै रहेछ भनेर जनताले राम्रोसंग बुझेका छन्,’ जोशीले भने ।












प्रतिक्रिया