काठमाडौं, २७ चैत । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायलयबारे दिएको अभिव्यक्तिको विरोध भएपछि आफू न्यायलयप्रति सँधै संवेदनशिल रहेको जनाएका छन् । उनले आज प्रेस वक्तव्य निकाल्दै कार्यपालिकाको क्षेत्राधिकार जत्तिकै सम्मानित न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वकाप्रति पनि संवेदनशील रहेको बताएका हुन् ।
उनले आफूबाट व्यक्त भएको र आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी सम्मानित न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर गरिने प्रष्ट परेका छन् । शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति उत्तिकै सचेत रहेको उनले बताएका छन् ।
उनले संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानवअधिकार जस्ता मूल्यकाप्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रही आएको प्रष्ट पारे ।












प्रतिक्रिया