काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा उपाध्यक्ष वामदेव गौतमलाई कार्यबाहक अध्यक्ष बनाइएको छ ।
नियमित स्वास्थ्य जाँचका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्ष बनाएका हुन् ।
अब ओली फर्कि नआउञ्जेलसम्म कार्यबाहक अध्यक्षको रुपमा गौतमले पार्टीको दैनिक कामहरु सञ्चालन गर्नेछन् ।
ओली एक सातापछि स्वदेश फर्किने एमालेले जनाएको छ ।











प्रतिक्रिया