६ मंसिर २०८३, आइतबार

सरकारको विधेयकका विषयमा जानकारी छैन : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । एमालेका प्रभावशाली नेता केशव बडालले सरकारले ल्याउन लागेको संविधान संशोधनको विधेयकप्रति अनभिज्ञता जनाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै स्थायी समितिका सदस्य समेत रहेका बडालले सरकारको नयाँ विधेयक एमाले समक्ष नआएको बताए । ‘सरकारले कस्तो विधेयक बनाएको छ ? एमालेलाई थाहा छैन’, उनले भने, ‘सरकारले सदनमा विधेयक दर्ता गरायो भने कस्तो छ हेरेर प्रतिक्रिया दिने छौँ ।’

एमाले तराई र पहाड छुट्याएर ल्याइने विषयमा सहमत हन नसक्ने बताएका बडालले भने, ‘सीमाङ्कनको विषय थाँती राखेर जाने हो भने अरु विषयमा लकच हुन सक्छौँ ।’

सरकारले एमालेसँग सल्लाह गरेर संविधान संशोधनको नयाँ विधेयक ल्याएको दाबी गरिरहेका बेला एमालेका प्रभावशाली नेता बडालले त्यस विषयमा अनभिज्ञता जनाएका हुन् ।