काठमाडौंं, १४ असोज । केही दिन अघि मात्रै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकारको कुटनीतिक मर्यादाविपरीत कार्यको चर्को आलोचना भयो । खासगरि, सामाजिक सञ्जालहरुमा प्रधानमन्त्रीकी अवैतानिक सल्लाहकार मृदुला कोइरालाले लगाएको कपडा र उनको शैलीका विषयमा तिखो विरोध भएको भएको थियो । यतिबेला अर्को एउटा यस्तो तस्वीर सार्वजनिक भएको छ, जहाँ देशको कुटनीतिक मर्यादालाई नै कुल्चने काम भएको छ ।
प्रसंग हो, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री सुशील कोइरालाको भेटवार्ता । कुटनीतिक भेटमा देशको झण्डा अनिवार्य राखिन्छ । किनकी त्यहाँ व्यक्तिगत होइन्, देशका विषयमा कुरा हुन्छ । र, त्यसले कुटनीतिक अर्थ राख्छ । तर, पाकिस्तानी प्रधानमन्त्रीसँगको भेटमा नेपालको झण्डा नै राख्न कर्मचारीले भुलेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको पछाडि पट्टि पाकिस्तानीको झण्डा प्रष्टै देखिन्छ । तर, प्रधानमन्त्री सुशील कोइरालाका पछाडि भने नेपालको झण्डा छैन । जसले संयुक्त राष्टसंघको महासभामा देशको प्रधानमन्त्रीलाई बदनामित गर्ने काम भएको छ ।
‘परराष्ट्रका शिस्टाचार महापाललाई कुटनीतिक आचारसंहिता पढाउनुपर्ने भयो । राज्यले यति ठूलो धनराशी खर्च गरेर सिकाएको विद्या यही हो ? खै द्धिपक्षिय वार्ता हुँदा नेपालको झण्डा ?’ एक नेपालीले प्रश्न उठाए ।
यो पनि पढ्नुहोस्
















प्रतिक्रिया