६ मंसिर २०८३, आइतबार

चैत २९ मा भैरहवामा कांग्रेसको क्षेत्रीय सभा, ५० हजार मान्छे उतार्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा २६, चैत । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आगामी चैत २९ गते भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दीर परिसरमा हुने आमसभामा नेपाली कांग्रेसले ५० हजार जनता उतार्ने जनाएको छ ।

उक्त सभा शान्ति र सद्भावकालागी पनि भएको भन्दै कांग्रेसले हिमाल, पहाड र तराईबाट समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई ल्याउने बताएको छ । कांग्रेसको केन्द्रीय निर्णय बमोजिम हुन लागेको उक्त आमसभा तथा आमसभाको उद्देश्यबारे जानकारी गराउन नेपाली काग्रेस रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव रामकृष्ण खाणँले सविधान कार्यान्वयनको लागी निर्वाचन अपरिहार्य रहेको र तराईमा चुनावी माहोल सिर्जना गर्नमा आमसभाले सहयोग पुर्याउने समेत विश्वास ब्यक्त गरे ।

कांग्रेस कुनै पनि अतिबादको पक्षमा नरहेको तथा मध्यमार्गी पार्टी भएकाले सबैलाई समन्वय गर्दै निर्वाचनमय बाताबरण सिर्जना गराउनको लागी पनि सवै समुदायको समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई उनले बताए ।

उक्त आमसभालाई सम्वोधन गर्न सभापति बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताहरु आउने उनले बताए । काग्रेस केन्दीय समीतीको निर्णय बमोजिम पहीलो चुनावी आमसभा कैलालीमा, दोस्रो भेला दाङ्गको तुल्सीपुरमा र तेस्रो भेला रुपन्देहीको भैरहवामा हुन लागेको हो ।

‘स्थानीय निकाय निर्वाचनकोलागी काग्रेस पुर्ण रुपमा तयार छ । जनताले पनि निर्वाचन चाहीरहेका छन्, उनले भने– हाम्रो सभाले तराईमा चुनावी माहोल सिर्जना गर्ने छ ।’ काग्रेसको ५ नम्वर प्रदेस स्तारीय सभा २८ गते तुल्सीपुरमा हुने र भैरहवामा हुने सभामा रुपन्देही लगायत कपीलबस्तु र नवलपरासी जिल्लालाई बढी प्राथमीकतामा राखीएको सचिव खाणँले जानकारी दिए ।

स्थानीय तहमा रुपन्देहीमा काग्रेसले आगामी बैसाख १३ गतेभित्रसम्ममा सवै उम्मेदवारको चयन गर्ने र त्यसकोलागी क्षेत्र, नगर तथा बुथ समीतीलाई पत्राचार भईसकेको समेत हुने जानकारी दिए ।

आमसभा पूर्व चैत २९ गते बिहान ११ बजे देवकोटाचोकमा जम्मा भई र्याली र झाकीं सहीत गल्लामण्डी गईने छ । उक्त आमसभामा १ हजार भन्दा बढी स्वयं सेवक खटाईने तरुणदल रुपन्देहीका सभापति सोमबहादुर गुरुङ्ग (सेते) ले जानकारी दिए ।

आमसभालाई सम्पन्न गराउनका लागि गठीत विभिन्न समितीहरुले तयारी तिव्रपारेको प्रचार प्रचार समीतीका सयोजक विसेश्वर प्रसाद बस्यालले जानकारी दिए । जसमा जिल्ला कार्य समितीका सचिव राम कृष्ण खांणको संयोजक तथा रुपन्देहीका सात वटा क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको यातयात व्यवस्थापन समिती गठन गरीएको छ ।

त्यस्तै कोषाध्याक्ष दिपक क्षेत्री न्यौपानेको संयोजकत्वमा आर्थिक व्यावस्थापन, जिल्ला सदस्य ओम कुमर श्रेष्ठको संयोजकत्वमा मंच व्यावयापन समिती गठन गरिएको छ । नेपाल तरुण दल रुपन्देहीका सभापती सोम बहादुर गुरुङ्ग तथा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु स्वयसेवक समितीमा रहने छन् । भने निर्वाचन घोषण पत्र तयारी समितीमा हरि प्रसाद काफ्ले संयोजक रहने गरि पार्टीका ७ बटै क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको समीती गठन गरीएको छ ।

यसैबीच नेपाली कांग्रेस रुपन्देहीले स्थानिय तह निर्वाचनमा रुपन्देहीमा सबै दलसंग सहकार्य र तालमेल गरेता पनि एमालेसंग नगर्ने स्पष्ट पारेको छ । पार्टिका जिल्ला सचिव खाणका अनुसार निर्वाचनमा दक्षिण भेगमा मधेसवादी दल, उत्तरतर्फ जनमुक्ति र माओवादी केन्द्र संग तालमेल हुन सक्ने तर एमालेसंग नहुने बताए । उनले भने “हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो, त्यसैले एमालेसंग तालमेल हुने सम्भावना नै छैन् ।”